७ कार्तिक २०८१, बुधबार | October 23, 2024

लिङ्देनलाई चोरको पछि लाग्ने भनेपछि भनाभन


0
Shares

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकमा ठूलै तनावको घटना भयो । झण्डै कुटाकुटको स्थितिमा उत्रिए नेताहरु ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय सदस्य किशोर कार्कीबीच भनाभन भएको थियो । बैठकमा कार्कीले अध्यक्ष लिङ्देन ठूला दलका नेताको पिछलग्गु भएको आरोप लगाए । हिजोका दिनमा चोर नेता भन्ने अहिले आफू पछि लाग्ने भनेपछि लिङ्देन आक्रोशित भएका थिए ।

कार्कीलाई कारबाही गर्ने धम्की समेत दिए । त्यसपछि कार्कीले पनि कारबाही गरेर देखाउन चुनौती दिए ।

पछिल्लो समय लिङ्देनविरुद्ध राप्रपामा एउटा समूह सक्रिय रुपमा लागेको छ । लिङ्देनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पत्याउन छाडेका छन् । यसले उनमा आक्रोश बढ्दै गएको छ ।

प्रतिक्रिया