३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज काठमाडौंसहित यी स्थानमा पानी पर्ने


0
Shares

काठमाडौं, २ जेठ । नेपालमा आज पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाको अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो नेपालको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया