७ बैशाख २०८३, सोमबार | April 20, 2026

तरलता र ब्याजदरका परिसूचकहरुमा सुधार : प्रचण्ड


0
Shares

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथों केन्द्रीय महाधिवेशनको शुभकामना दिएका छन् ।

प्रचण्डले चौथों केन्द्रीय महाधिवेशनको अवसरमा गरेको सम्बोधनको पूर्णपाठ

कार्यक्रमका अध्यक्षज्यू,
अतिथि गण,
सञ्चारकर्मी मित्रहरु,
उपस्थित आदरणीय महानुभावहरु।

१। सर्वप्रथम म नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो चौंथो केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गैरहेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै महाधिवेशनको सन्दर्भ पारेर “अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानको भावी कार्यदिशा” सम्वन्धी कार्यक्रम समेत आयोजना गरेकोमा म संगठनप्रति धन्यवाद व्यक्त गर्दछु।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ भने बजेट तर्जुमाको कार्य अघि बढाएको छ। यस सन्दर्भमा आजको यस अन्तर्क्रियामा मुलुकको अर्थतन्त्रका विद्यमान चुनौतीहरुलाई सम्वोधन गर्दै मुलुकलाई विकास र समृद्धितिर कसरी डोर्‍याउने भन्नेबारेमा विज्ञहरुबाट प्राप्त गहन सुझावहरु महत्वपूर्ण रहने मैले विश्वास लिएको छु।

२। विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९को महामारी र पछिल्लो समयको रुस–युक्रेन युद्धबाट आपूर्तिमा आएको अवरोधले नेपालको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पर्न गयो। आर्थिक कृयाकलाप सुस्त हुन गएकोले आर्थिक वृद्धि पनि अपेक्षाअनुसार हुने अवस्था रहेन। गत आर्थिक वर्षमा शोधनान्तर घाटा उच्च रहेको थियो भने व

प्रतिक्रिया