७ कार्तिक २०८१, बुधबार | October 23, 2024

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने निर्णय


0
Shares

काठमाडौं, ३१ वैशाख । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने सहमति भएको छ । प्रमुख तीन राजनीतिक दलले यस्तो निर्णय गरेका हन् ।

यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भए त्यस अनुसार प्रतिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेन ।

प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए ।

प्रतिक्रिया