५ माघ २०८१, शनिबार | January 19, 2025

प्रचण्डले क्यानटनमेन्टमा अरबौं घोटाला गरेको ओलीको आरोप


0
Shares

काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्नुपर्ने बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचारको फाइल खोल्न खुट्टा कमाएको आरोप समेत लगाए ।

एमालेको केन्द्रीय कमिटी बैठकलाई आज बिहिबार सम्बोधन गर्दै लडाकु शिविर प्रकरणको फाइल उक्त आयोगले होल्ड गरेको दाबी गरे । लडाकु शिविरमा नभएका लडाकुहरुको पैसा बुझेर खल्तीमा हालिएको आरोप लगाए । उनले सिधा संकेत प्रचण्डमाथि गरे ।

लडाकु शिविरमा नभएका लडाकुको नाममा अरबौं पैसा भ्रष्टाचार भएको आरोप ओलीको छ । उनले भने, ‘राज्यको अरबौंको हिनामिना छानबिन गर्नुस् ।’

नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा यूएमएलकै नेताहरु मुछिएपछि ओलीको आक्रामक अभिव्यक्ति आएको हो । उनले उठाएको लडाकु शिविरमा भएको भ्रष्टाचारसम्बन्धी विषयमा अख्तियारमा उजूरी परेको छ । यो मामलामा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डमाथि अनियमितताको आरोप लगाइएको छ ।

माओवादी लडाकु व्यवस्थापनका लागि १५ अर्ब रुपैयाँ खर्च भएको थियो । लडाकुलाई रकम बाँड्ने भन्दै माओवादीले एकमुष्ट ४५ करोड रुपैयाँ बुझेको थियो । त्यसको हिसाबकिताब अझै विवादमा छ ।

प्रतिक्रिया