६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

राजसंस्था फर्कन सक्ने संकेत दिदै योगी आदित्यनाथको पूर्वराजालाई रेडकार्पेट


0
Shares
Uttar Pradesh Chief Minister Yogi Adityanath shake hands with former king Gyanendra Shah during their meeting in Lucknow, India on Monday, January 08, 2018. Courtesy:Adityanath’s Twitter

काठमाडौं, २८ वैशाख । देशमा राजसंस्था फर्कने सक्ने घटना विकास भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले ठूलै संकेत पाएर देशव्यापी दौडधूप चलाएका छन् ।

शाह नेपालगञ्ज पुग्दा भारतबाट महत्वपूर्ण सन्देश आयो । उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भेटका लागि खबर गरे । नेपालगञ्ज पारी सडक यात्राबाट लखनऊ पुगे । त्यहाँ उत्तर योगी आदित्यनाथसँग बुधवार भेटवार्ता गरे ।

गोरखनाथका योगीसँग शाहवंशको विशेष सम्बन्ध नै छ । नेपाल एकीकरणमा पनि गोरखनाथको निकै ठूलो सहयोग इतिहासमै उल्लेख छ । उत्तर प्रदेशका मुख्यमन्त्री भएका आदित्यनाथ पनि गोरखनाथका मठाधीश नै हुन् ।

आदित्यनाथ नेपालमा राजसंस्थाका पक्षधर हुन् । उनी पदमा नहुँदै नेपालमा राजसंस्था पुनः स्थापित हुनुपर्ने बोलेर गएका थिए काठमाडौंबाट । यसकारण पनि यो भेट अर्थपूर्ण छ । उनले महत्वपूर्ण संकेत पाएको बुझिएको छ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले लखनउमा भेट भएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । भेटमा राजपरिवारका सदस्यहरु समेत सहभागी भएको उल्लेख छ ।

पूर्वराजा शाह नेपालगञ्जबाट लखनऊ गएका थिए । उनी जेठ १ नेपाल फर्कने पूर्वराजाका एक सहयोगीले माउण्टेन टीभीलाई जानकारी दिए । त्यसपछि उनको कर्णालीका विभिन्न जिल्ला जाने कार्यक्रम रहेको छ । पूर्वराजासँग गएको एउटा टोली नेपालगञ्जको सोल्टी होटलमा दशवटा रुम बुक गरेर बसिरहेको छ ।-File Photo

प्रतिक्रिया