परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै

काठमाडौं, २८ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदै छन् । मन्त्री साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।
चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी भएर साउद बुधबार बिहान मात्र बेलायतबाट फर्केका हुन् । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।
भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ ।