बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं, २७ वैशाख । अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा लगिएकोे छ ।
आजै खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षण गरेपछि सरकारी वकिलको कार्यालयमा लगिएकोे हो ।
सरकारी वकिलको कार्यालयबाट अब उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ ।
आज बिहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो ।