३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रायमाझीलाई आत्मसमर्पण गर्न एमालेको उर्दी


83
Shares

काठमाडौं, २७ वैशाख । नेकपा एमाले नक्कली भुटानी शरणार्थीमा निकै दबाबमा परेको छ । उसले फरार सूचीमा रहेका आफ्नास सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गर्न भनेको छ ।

एमालेले रायमाझीलाई अनुसन्धान पूरा नहुञ्जेलसम्मका लागि सचिव पदबाट निलम्बन समेत गरेको छ । उनलाई एमालेले पदबाट निलम्बन गरेको महासचिव शंकर पोखरेलले प्रेस वक्तव्यमार्फत् आज बुधवार जानकारी दिएका छन् ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीको सूचीमा छन् । एमालेले रायमाझीलाई राज्यको वैधानिक निकायले गर्ने अनुसन्धानलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

यो प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । बुधवार नै नेपाली काँग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरेको छ ।

दशौं करोड ठगी भएको नक्कली शरणार्थी प्रकरणमा एक दर्जन व्यक्तिहरु पक्राउ परिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले घटनामा संलग्न कसैलाई नछाड्ने गरी कारबाही बढाउन निर्देशन दिदै आएका छन् । यसले अनुसन्धान निकै पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया