२३ भाद्र २०८१, आइतबार | September 8, 2024

किन संसदमै नांगिए अमरेशकुमार सिंह


0
Shares

काठमाडौं, २५ वैशाख । नाम होस् या बदनाम नरहनु गुमनाम । सांसद डा. अमरेशकुमार सिंह यो नीतिलाई खूबै अपनाउँदै आएका छन् । उनी सधैं चर्चामा आउन रुचाउँछन् ।

सिंह आज सोमबार फेरि चर्चामा आए । संसदको बैठक सुरु हुनासाथ आफूलाई बोल्न नदिएको भन्दै सिंहले कपडा उतारेका हुन् । सिंहले कपडा फुकालेपछि सभामुख देवराज घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

त्यसपछि उनले पुनः कपडा लगाएका थिए । अमरेशको कदमको विभिन्न दलका सांसदहरुले विरोध गरेका छन् ।

अमरेशकुमार सिंह मंसिर ४ को चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित हुन् । विगतमा नेपाली काँग्रेसबाट चुनाव जित्दै आएकामा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी थिए ।

प्रतिक्रिया