४ पुस २०८१, बिहिबार | December 19, 2024

क्यान्टनमेन्ट काण्डको छानविन गरी आफूलाई चोखो देखाउन लिङ्देनको प्रचण्डलाई चुनौती


0
Shares

काठमाडौं, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी लडाकु शिविर घोटाला काण्डको फाइल खोल्न माग गरेका छन् । उनले आज पार्टीनिकट महिलाको कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लडाकु शिविरको घोटालाको छानविन गरी आफूलाई चोखो देखाउन चुनौती दिए ।

क्यान्टोनमेन्ट घोटाला काण्ड उहाकै शिरमा लागेको छ त्यो के हो ? लिङ्देनले प्रचण्डलाई प्रश्न गरे, फाइल खोलेर आफू चोखो छु भनेर देखाइदिनुपर्यो ।

लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण छानविन बढाएकोमा प्रचण्डको प्रशंशा गरे । तर, करोडौं घोटालाको विषय उठ्दै आएको लडाकु शिविरको विषय छानविन बढाउन चुनौती दिए ।

प्रतिक्रिया