संसदमा उठ्यो प्रचण्ड मुछिएको क्यानटन्मेन्टको फाइल खोल्नुपर्ने विषय

काठमाडौं, २४ वैशाख । प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो दिन नै संसदमा चर्काचर्की भएको छ । सत्तापक्षका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनबारे कुरा उठाएपछि नेकपा एमालेका सांसदहरुले भ्रष्टाचारका अरु काण्डहरुबारे पनि छानिवनको माग गरे ।
आरोप प्रत्यारोपमा सांसदहरु देखिए । एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले ललितानिवास जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड मात्र नभई क्यानटनमेन्टको फाइल खोल्न समेत माग गरे ।
क्यानटनमेन्टमा तत्कालीन नेकपा माओवादीले लडाकुका नाममा लिएको रकममध्ये करोडौंको हिसाब प्रष्ट नभएको महालेखा परीक्षकको प्रतिवेदनमै उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणमा एमालेका प्रभावशाली नेताहरु माथि नै कारबाही प्रक्रिया बढेपछि ओली र प्रचण्डबीच नै टकराव बढेर गएको छ ।