१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मुगुको हिमपहिरोमा यसरी हराएका थिए तीन भरिया


0
Shares

काठमाडौं, २४ वैशाख । दुर्गम जिल्लाका सर्वसाधारणका लागि कमै अवसर छन् । हिमालतिर यार्सागुम्बाको सिजन आउँदा उनीहरुका लागि ठूलै अवसर आए जस्तो हुन्छ । ज्यानको बाजी लगाएर लत्ताकपडा, खानेकुरा र कच्चा टेन्ट लिएर उक्लन्छन् उनीहरु ।

यस्तै भएको थियो जुम्लाको पातारासी गाउँपालिका ताल्फि गाउँका सर्वसाधारणलाई । १४ जनाको टोली यार्सागुम्बा संकलनका लागि कठिन यात्रामा मुगु पुगेका थियो । यार्सा संकलन गर्ने क्रममा निरन्तर हिमपात हुन थालेपछि टोली लेकबाट तल झर्दै थियो ।

फर्कने क्रममा टोलीका सदस्यहरु आलोपालो भारी बोक्दै झरिरहेका थिए । कठिन भूगोल र बाक्लो हिउँले यात्रा कठिन हुँदै थियो । यस क्रममा अचानक हिमपहिरो खस्दा भागदौड नै मच्चियो ।

प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै मुगुकका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले भने, भारी बोक्नेहरु हिमपहिरोमा परे । दुईजना वेपत्ता भए एकजनाको सास समेत नरहेको निश्चित भएपछि उतै छाडेर आए ।

तारासिंह कार्की, पुन्न कार्की र वीर बोहरा वेपत्ता भए । खोजीका क्रममा एकजना भेटिए तर सास थिए । उनीहरु उतै छाडेर ज्यान जोगाएर झरे ।

घटनामा ज्यान जोगाउनेहरुले नै जुम्ला आई जानकारी गराएका थिए । तर, जिल्ला प्रशासन कार्यालय मुगुले अझै घटनास्थलमा उद्धार टोली पठाउन सकेको छैन । प्रमुख जिल्ला अधिकारीले घटनास्थल पैदल तीन दिनको यात्रामा मात्र पुग्न सकिने भएकाले कठिन भएको सुनाए । हेलिकोप्टरको व्यवस्थाको प्रयास भइरहेको भएपनि हेलिप्याडबाट फेरि एक दिन हिंड्नैपर्ने ठाउँमा खोज्नुपर्ने सुनाए ।

यसैगरी, दार्चुलामा गत हप्ता हिमपहिरोमा पर्नेहरुमध्ये २ जना वेपत्ताको अझै खोजी भइरहेको छ । तीनजनाको शव परिवारलाई बुझाइसकिएको र २ जना वेपत्ताको खोजी चलिरहेको दार्चुला जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए ।

वैशाखको मध्यतिर वर्षा र हिमपात हुँदा यार्सा संकलनमा जानेहरुमध्ये कतिपयले ज्यान गुमाए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया