३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ छ : प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेका छन् ।

आठौं राष्ट्रिय पत्रकारिता दिवसको सुखद् अवसरमा आइतबार एक शुुभकामना सन्देश जारी गर्दै दाहालले यस्तो बताएका हुन् ।

वाक् तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढ रहेको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले सञ्चारसम्बन्धि नीतिगत व्यवस्था र कानुन निर्माण गर्दा सञ्चार क्षेत्रको प्रतिनिधित्व र समझदारी कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले पत्रकारिता पेशाभित्र नै श्रमजीवी पत्रकारहरूले आफ्नो जीवन देख्नसक्ने परिस्थिति निर्माणका लागि सरकारले सम्भव पहल लिने विश्वास दिलाउँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका गर्नसमेत सम्बन्धित सबैमा अपील गरेका छन् ।

प्रतिक्रिया