२० बैशाख २०८३, आइतबार | May 3, 2026

‘‘भ्रष्ट राजनीति’ संरक्षणमा ओलीको आड, यी हुन् ओलीसँग जोडिएका मुख्य काण्डहरू


0
Shares

काठमाडौं, २४ वैशाख। नेपालमा भए गरेका सबै तहका भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण हुने गरेको छ । सत्ताबाहिर रहँदा भ्रष्टाचारका बारेमा नेताहरूले दिएका अभिव्यक्ति जति कर्णप्रिय हुन्छन् सत्तामा पुगेसँगै उनीहरूनै बढी भ्रष्टाचारमा मुछिने गरेको तथ्यले भ्रष्टाचारमा राजनीतिक संरक्षण रहेको पुष्टि गरेको हो ।

राजनीतिक संरक्षणकै आडमा भएका भ्रष्टाचारमा अधिकांश दलका नेताहरू नमुछिएका हैनन् । तर, यो मामलामा सबैभन्दा बढी नेकपा एमाले अगाडि रहेको घटना क्रमले देखाउँछ । भ्रष्टाचारका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिने गरेका अभिव्यक्ति र आफ्ना नेता कार्यकर्ता मुछिएपछि आउने उहाँको टिप्पणीले ‘भ्रष्ट राजनीति’ संरक्षणमा ओली अगाडि रहेको भान हुन्छ ।

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा १५ देखि ४५ लाखसम्म ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी छ ।

अदालतको आदेशअनुसार रायमाझीयलाई प्रहरीले पक्राउपुर्जी जारी गरेसँगै अध्यक्ष ओलीले उनको बचाउमा प्रधानमनत्री पुष्पकमल दाहाल ९प्रचण्ड० सँग निरन्तर संवाद गरिरहनुभएको छ ।

बिहीबार प्रधानमन्त्री दाहालसँग भेटेर रायमाझीलाई पक्राउ गरिहाल्नुपर्ने अवस्था नभएको बताउनुभएका ओलीले शनिबार पनि दाहालसँगको भेटेर सोही विषय राखेको प्रधानमन्त्रीले सञ्चारकर्मीसँग बताउनुभएको छ । ‘अस्ति पनि उहाँको कन्सर्न यही विषयमा थियो र आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’, ओलीसँगको भेटपछि पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान रोकिँदैन, प्रक्रिया र प्रचलित ऐनअनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रूपमा अगाडि जान्छ ।’

यस काण्डमा प्रहरीले रायमाझीका छोरा सन्दीप, पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, मुख्य अभियुक्तहरू सागर राई, टंक गुरुङ, के�

प्रतिक्रिया