३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते


0
Shares

काठमाडौं, २२ वैशाख । संखुवासभामा आज शुक्रवार भएको हेलिकोप्टर दुर्घटनामा घाइते पाँचमध्ये एकजनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सहयोगीका रुपमा रहेका भविन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले एकजनाको मृत्यु भएको र घाइते चारजनालाई उपचारका लागि काठमाडौं लगिएको जानकारी दिए ।

माथिल्लो अरुण जलविद्युत आयोजनाको पावरको सामान लाँदै गर्दा हेलिकोप्टर दुर्घटना भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले जानकारी दिए । हेलिकोप्टर जङ्गलको बीचमा खसेको अवस्थामा भेटिएको थियो ।

हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलमा पुगी सेना र प्रहरीको टोलीले उद्धार गरेको छ ।

प्रतिक्रिया