१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चितवनका शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा रावल पक्राउ


0
Shares

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कँडेलले आत्महत्या अघि लेखेको सुसाइड नोटमा उल्लेख भएको नामको आधारमा परिवारले दिएको किटानी दिएपछि चितवन बस्दै आएका बझाङ घर भएका जीवनबहादुर रावललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बाराबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

अनमोल फुड्स प्रालिको सेयर बिक्रिपछि देखिएको आन्तरिक समस्याको कारण कँडेललाई सेयर खरिद कर्ताहरु प्रदीप रुङ्गटा र चार्टर एकाउन्टेन जीवन रावल र अर्का सिएले नियमित मानसिक तबाब दिएपछि आत्महत्याको लागि कँडेल बाध्य भएको सुसाइड नोटमा उल्लेख भएअनुसार परिवारले उनीहरुविरुद्ध उजुरी दिएको थियो ।

पोल्टी व्यवसायी कँडेल गत बैशाख १९ गते झुण्डिएको अवस्थामा आफ्नै अफिसमा मृत भेटिएका थिए । उनको अफिस भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा रहेको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया