१२ पुस २०८१, शुक्रबार | December 27, 2024

प्रचण्ड सरकार ढल्दै


0
Shares

काठमाडौं, २० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने संकेतहरु देखिएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकहरुभित्रै खटपट बढेपछि सरकारको दिनगन्ती सुरु भएको हो ।

आज बुधवार सुर्खेत पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्रको विवादलाई छताछुल्ल पारिदिएका छन् । उनले प्रचण्डमा दम्भ बढेको आरोप समेत लगाए ।

नेता नेपालले सरकार ढल्नसक्ने चेतावनी दिए । सत्ता गठबन्धन तोडिन सक्ने बताउँदै नेपालले भने, ‘हामीलाई वाइपास गरेर पीडा दिइएको छ, यसले गठबन्धन धरापमा पार्न सक्छ ।’ नेता नेपालले प्रचण्डले राज्यशक्तिको दुरुपयोग गर्न थालेको आरोप पनि लगाए ।

प्रचण्डले सरकारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सामेल गर्न खोजिरहँदा माधव नेपालको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । लामिछानेलाई सामेल गरे सत्ता गठबन्धनका विभिन्न दलले पाइरहेको मन्त्रालय छाड्नुपर्ने हुनसक्छ ।

यसअघि नेता नेपालले प्रचण्ड र शेरबहादुर देउवासँग आलोपालो सरकार पाँचवर्ष चलाउने सहमति भएको खुलासा गरेका थिए । यसैगरी, प्रचण्ड नेतृत्वको सरकारलाई सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिनसक्ने संकेतहरु देखापरेको छ ।

नेपाली काँग्रेसले थप मन्त्रीहरु सरकारमा पठाइरहेको छैन । यसले पनि प्रचण्डमाथि संकट बढ्न थालेको संकेत देखिएको छ ।

प्रतिक्रिया