१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अनुमाका प्रेमी र उनका बुवा पक्राउ


0
Shares

काठमाडौं, २० वैशाख । वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठ आत्महत्या प्रकरणमा प्रेमी भनिएका सुजन ढकाल र उनका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा ढकाल बावुछोरालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि तुरुन्तै उनीहरु पक्राउ परेका हुन् ।

अनुमाका परिवारले प्रेमी भनिएका सुजन ढकाल र उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका हुन् । पटकपटक शारिरीक सम्बन्ध भई २ पटकसम्म गर्भपतन गरिएको र विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै ढकालको बावुछोराविरुद्ध प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेका थिए ।

प्रेमी सुजनका बुवाले छोराको विहे अनुमासँग गर्न अस्वीकार गरेपछि उनकै घरमा पुगेर आत्महत्या गरेको हुन सक्ने युवती पक्षको दाबी छ । अनुमा सोह्खट्टुेमा डेरा लिएर बस्दै आएकी थिइन् ।

उनले आत्महत्या गरेको स्थानमा ‘सुसाइड डायरी’ पनि भेटिएको थियो । डायरीमा आफ्नो जीवनको भोगाई,प्रेमसम्बन्ध, विवाहको लागि गरेको प्रयास र केटा पक्षले गरेको अस्वीकारबारे उल्लेख भएको परिवारिक स्रोतले जनाएको छ । यस अघि पनि अनुमाले आत्महत्याको प्रयास गरेकी थिइन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया