१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रवि लामिछाने फेरि बने रास्वपा संसदीय दलको नेता


0
Shares

काठमाडौं, १८ वैशाख । संसदमा चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज सोमवार बसेको रास्वपा संसदीय दलको बैठकले लामिछानेलाई दलको नेतामा चयन गरेको हो ।

लामिछाने मंसिर ४ को चुनावपछि पनि संसदीय दलको नेता थिए । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशले उनको सांसद पद नै खारेज भएको थियो ।
चितवन २ बाट लामिछाने वैशाख १० को उपचुनावमा पुनः निर्वाचित भएर आए । त्यसपछि उनलाई पुनः दलको नेता बनाइएको हो ।

संसदमा लामिछाने नेतृत्वको रास्वपाको २१ सिट रहेको छ । कुनै दलको पनि बहुमत नभएकाले सत्ताको जोडघटाऊमा यो सिट संख्या महत्वपूर्ण छ । यसकारण लामिछानेलाई सत्तामा आउन प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरिसकेका छन् । यसको खुलासा स्वयं प्रचण्डले आजै गरिसकेका छन् ।

अमेरिकाको ग्रीनकार्ड पाएर उतै बसेका लामिछाने टेलिभिजन प्रस्तोताका रुपमा नेपाल आएर लोकप्रीय बने । उनले २०७९ मा दल खोलेर अभूतपूर्व सफलता हासिल गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया