३१ भाद्र २०८१, सोमबार | September 17, 2024

१०७९ ले लिए हिमाल आरोहणको अनुमति, सगरमाथा आरोहणमा ४६६


0
Shares

काठमाडौं, १८ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति लिएर अहिलेसम्मकै सर्वाधिक संख्या त्यसतर्फ पुगिसकेका छन् । त्यसमा पनि महिलाहरुको संख्या पुरुषको तुलनामा झण्डै चार गुणाले बढी छ । आरोहीहरु अनुकूल मौसमको प्रतिक्षामा छन् ।

वसन्त ऋतु हिमाल आरोहरणका लागि उपयुक्त मौसम मानिन्छ । त्यसकारण यो मौसममा बढी आरोहीहरु अनुमति लिने गर्छन् । सगरमाथा आरोहणको ७० वर्षको इतिहासमा वसन्त ऋतुमा सर्वाधिक संख्याले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार २८ अप्रिलसम्म ६४ देशका ४६६ जनाले सगरमाथा आरोहरणको अनुमति लिएका छन् । तीमध्ये ९८ पुरुष र ३६८ महिला छन् । सबैभन्दा बढी चीनका ९६, अमेरिकाका ८७ र भारतका ४० जनाले अनुमति लिएका छन् ।

नेपालको २४ वटा हिमालहरु आरोहरण गर्न २८ अप्रिलसम्म ८० देशका एक हजार ७९ जनाले अनुमति लिएको पर्यटन विभागले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ । यसवापत् ५६ लाख ४५ हजार २९६ रोयल्टी प्राप्त भएको भनिएको छ ।

प्रतिक्रिया