रास्वपाको केन्द्रीय र संसदीय दलको बैठक बस्दै

काठमाडौं, १८ वैशाख । आज राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक आज बोलाएको हो ।
गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि पार्टीले पहिलो पटक बैठक बोलाएको हो ।
उपनिर्वाचनमा चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका हुन् । भोलि ३ बजे बोलाइएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने र दलको नेता चयनका विषयमा छलफल हुने जनाइएको छ ।
रास्वपा संसदीय दलको नेता डोलनाथ अर्यालले शनिबार पदबाट राजीनामा दिएका थिए ।