यसरी खुल्यो नीरा पाण्डे हत्याको रहस्य

काठमाडौं, १७ वैशाख । नीरा पाण्डे हत्याका रहस्य खुलेको छ । उनको हत्याका अभियुक्त बल्ल पक्राउ परेका छन् । अभियुक्त विनोद विक हुन् र उनलाई झापाबाट पक्राउ गरिएको हो ।
सीआइबीले गहिरो अनुसन्धानपछि नीराको हत्यामा संलग्न रहेको आशंकामा विनोदमाथि प्रहरीले निगरानी बढाएको थियो । उनी नै दोषी किटान गरेपछि मात्र प्रहरीले पक्राउ गरेको बुझिएको छ ।
वैशाख ७ मा निराको हत्या भएको थियो । उनलाई पसलमा अन्धाधुन्दा चक्कु प्रहार गरी हत्या रिएको थियो । २० ठाउँमा चक्कुको प्रहारपछि नीरा रगतपिच्छे भएर ढलेकी थिइन् ।
हत्याको कारणबारे प्रहरीले गहिरो अनुसन्धान गरेको विश्वस्त स्रोतले जनाएको छ । यसबारे पत्रकार सम्मेलन गरी खुलाउने तयारी गरेको छ ।