११ माघ २०८१, शुक्रबार | January 24, 2025

गण्डकीमा सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुँदै, कांग्रेस–माओवादी आलोपालो गर्ने


0
Shares

काठमाडौं, १४ वैशाख । गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दैछन् । गत पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज ४ बजेसम्मको समय दिएका छन् ।

पाण्डे माओवादीलगायतको समर्थनमा नयाँ सरकार बन्न लागेको हो । केन्द्रमा सरकार बदलिएसँगै गण्डकी प्रदेशमा पनि माओवादी सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले विश्वासको मत लिन असफल भएका हुन् ।

प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएर आह्वान गरेका थिए । मुख्यमन्त्रीमा कांग्रेस–माओवादीबीच आलोपालो गर्ने सहमति भएको छ । माओवादीले आलोपालो ग्यारेन्टी गर्न, ३ मन्त्रालय पाउनुपर्ने मागबारे अझै केन्द्रको निर्णय कुरिरहेको छ ।

प्रतिक्रिया