१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हिमालय लोकस्टारको उपाधी बलराम विश्वकर्मालाई


0
Shares

काठमाडौं, १४ वैशाख । हिमालय लोकस्टारको विजेता बलराम विश्वकर्मा भएका छन् । बुधबार राती राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा विश्वकर्मा ५ प्रतिस्पधीलाई पछि पार्दै उपाधी जितेका हुन् ।

विजेता विश्वकर्माले १५ लाख रुपैयाँ र ट्रफीसहित अन्य पुरस्कार पनि पाएका छन् । उनलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका हुन् ।

त्यस्तै, पीएन साइँलाले फस्ट रनरअपको उपाधि पाएका छन् । उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे । वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे ।

दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया