३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रमेश खरेलको बारा २ को उपनिर्वाचनमा जमानत जफत


0
Shares

काठमाडौं, १३ वैशाख । मंसिर ४ को चुनावमा काठमाडौं १ बाट राम्रो मत ल्याएका पूर्व डिआइजी रमेश खरेलको बारा २ को उपनिर्वाचनमा जमानत जफत भएको छ । उनले सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।

६९ हजार मत खसेकोमा रमेश खरेलको २ हजार ८२९ मत मात्र रह्यो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् ।

खरेलले मात्र तीनजना बाहेक कसैको पनि जमानत नफर्कने भएको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत ल्याए । नागरिक उन्मक्ति पार्टी, नेमकिपाका अलावा स्वतन्त्र उम्मेदवारहरुको मत निकै कम रह्यो ।

प्रतिक्रिया