४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आज तीन क्षेत्रमा उपनिर्वाचन हुँदै

तनहुँ १, बारा २ र चितवन २


0
Shares

काठमाडौं, १० वैशाख । आज तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

विभिन्न कारणले रिक्त रहेका प्रतिनिधि सभा सदस्यका लागि आज तीन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाउन आग्रह गरेको छ ।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको जनाएको छ । यस्तै मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबन्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको पनि आयोगको भनाइ छ ।

प्रतिक्रिया