२३ भाद्र २०८१, आइतबार | September 8, 2024

राष्ट्रपति पौडेललाई के रोग लाग्यो ?


0
Shares

काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ८० पुग्न लागे । उनको बेला बेलामा पेटको समस्या देखिने गरेको छ । यसपटक समस्या बल्झियो । बारम्बार उपचार गर्दा पनि रोग कम भएन ।

शिक्षण अस्पतालमा उपचार गराउँदा पौडेलको पेटमा जमेको पानी निकालियो । छाति मुनी समेत संक्रमण भयो । निमोनियाको अनुमान गरेर परीक्षण गरियो । तर, रोग कम भएन ।

सोमवारसम्म भेटघाटमा व्यस्त पौडेल मङ्गलवार आराम गर्न पुगे । उनलाई पुनः उपचारका लागि अस्पताल लगियो । चिकित्सकको सल्लाह अनुसार एयर एम्बुलेन्समार्फत् दिल्ली लगिने भएको छ ।

एम्समा पौडेलको उपचार हुने तय छ । त्यहाँ परीक्षण पछि रोग टुंगो लाग्ने बुझिएको छ ।

पौडेल ४० दिनअघि देशको तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति बन्नुअघि नेपाली काँग्रेसका वरिष्ठ नेता थिए ।

प्रतिक्रिया