ओली,प्रचण्ड र देउवाबीच संक्रमणकालीन न्याय विधेयकबारे छलफल हुँदै

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् ।
ज्वरोको कारण बिरामी भएर आराम गरिरहेका ओलीको स्वास्थ्यलाभको कामना गर्न उनीहरु ओली निवास जाने भएका हुन् ।
तीन शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा छलफल गर्ने कार्यक्रम छ ।