१२ श्रावण २०८१, शनिबार | July 27, 2024

समिक्षा अधिकारी भन्छिन्,‘म कुनै चरीत्र हिन छोरी होईन’


0
Shares

काठमाडौं, ३ वैशाख । गायिका समिक्षा अधिकारीले आफू गलत नभएको स्पष्ट पारेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्,‘म कुनै चरीत्र हिन छोरी होईन’

वास्तविकता कसैले नबुझेको उनको गुनासो छ । पछिल्लो समय अष्ट्रेलिया रहेकी समिक्षाले कुनै पनि घटना कथाबस्तुको बास्तबिकता अर्कै हुने बताएकी छिन् ।
‘कुनै पनि घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको ।’ उनले लेखेकी छिन्,‘चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ । अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन । मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु ।’

उनले आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोजेपनि जताततै अध्यारोमात्र देखेको समेत निराशा व्यक्त गरेकी छिन् । ‘ए मेरो पनि भावना छ, तपाईको जस्तै । मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो ।’ उनले लेखिकी छिन् ।

समिक्षाले आफू गलत नभएको भन्दै लेखेकी छिन्,‘म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनि परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहि हुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया