२३ भाद्र २०८१, आइतबार | September 8, 2024

यी हुन् २०७९ का चर्चित काण्डहरु


0
Shares

काठमाडौं, १ वैशाख । तीन तहको चुनाव भएको वर्ष हो २०७९ । यसकारण पनि यो वर्षमा धेरै काण्डहरु भए ।

राजनीतिक खिचातानीको सिधा असर न्यायालयमाथि पर्यो । प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरालाई निलम्बनकै अवस्थामा बर्हिगमन भयो । यसको अझैसम्म टुंगो लाग्न सकेको छैन ।

देशमा तीन तहको चुनाव हुँदा सत्ता समिकरणहरु मात्र नभई दल अदलबदलका घटना घटे । नयाँ दलहरुको उदय भयो ।

सामाजिक जीवनमा चर्चित व्यक्तिमध्ये क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लाग्यो । उनी जेल बसे । बलात्कारको आरोप लागेका चलचित्र नायक पल शाहलाई जिल्ला अदालतले निर्दोष सावित गरी रिहा भइसकेका छन् । लामिछाने भने धरौटीमा रिहा भई मुद्या लडिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७६ को माघ १ गतेको अभिव्यक्तिले समस्यामा परे । उनले माओवादीको १० वर्षे हिंसात्मक गतिविधिका क्रममा मारिएकामध्ये ५ हजारको मात्र जिम्मा लिन्छु भनेपनि मुद्या दायर भएको थियो ।

दरपीठमा रहेको उक्त मुद्या दर्ता गर्न सर्वोच्चले आदेश जारी गर्यो । यसले तरंग नै ल्यायो ।

रवि लामिछानेको नागरिकता विवादले सांसद पद नै खारेज गर्ने सर्वोच्च अदालतले फैसला गर्यो । उनले पत्रकारहरुमाथि आक्रोश पोखे जसले सामाजिक सञ्जालमा ठूलै बहस भयो ।

देशमा विवादास्पद अभिव्यक्ति दिनेहरु चर्चामा आए । यतिसम्मकी सामाजिक सञ्जाल अनियन्त्रित तरिकाले मानहानीमा उत्रने गतिविधिले भरिए । यतिसम्मकी व्यक्तिगत चरित्रहत्यासम्मका घटनाहरु धेरै भए ।

प्रतिक्रिया