१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारी संस्था र स्थानीय तहमा सबैभन्दा बढी बेरुजु


0
Shares

काठमाडौं, ३० चैत्र । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सरकारी संस्था र स्थानीय तहमा सबैभन्दा बढी बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारी सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।

यो वर्ष १ खर्ब १५ अर्ब ५ करोड बेरुजु निस्किएको छ । वार्षिक प्रतिवेदनमा ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण भएकोमा बेरुजु निस्किएको हो ।

प्रतिवेदनमा संघीय सरकारी निकाय तथा कार्यालयको २८ अर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु देखिएको छ ।

प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु निस्किएको छ ।

४४८ समिति तथा अन्य संस्थाहरुको २ खर्ब ६ अर्ब १२ करोड लेखापरीक्षणबाट १४ अर्ब १९ करोड बेरुजु देखिएको उल्लेख छ ।

स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोडको लेखापरीक्षणबाट ४३ अर्ब ९० करोड बेरुजु निस्किएको उल्लेख छ । सबैभन्दा बढी प्रतिशत सरकारी समिति र संस्थाहरुमा ६.८९ र स्थानीय निकायमा ४.१८ प्रतिशत बेरुजु देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया