३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बालेनले किन दिए प्रचण्डलाई सिंहदरबार सार्न चुनौती


0
Shares

काठमाडौं, ३० चैत्र । बालेन साह पछिल्लो समय आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । २०७९ सालको अन्तिम दिन उनले आक्रामक स्टाटस लेखेका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई तारो बनाएर उनले लेखेको स्टाटसले तरंग नै ल्याएको छ ।

बालेनले काठमाडौं महानगरपालिकाबाट सिंहदरबार सार्न प्रचण्डलाई चेतावनी दिएका छन् । उनले लेखेका छन्ः कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।

बालेनले काठमाडौंवासीलाई राजनीति नभई सम्पदा, संस्कृति, कला सभ्यता चाहिएको बताएका छन् ।

बालेनले फोहोरमा राजनीति गरेको भन्दै सिंहदरबारबाट फोहोर उठाउन रोकिदिएका छन् । मन्त्रिपरिषद्को बैठकले नै यसको आलोचना गरेको छ ।

बालेनको पछिल्लो समय सरकारसँग टकराव बढ्दै गएको छ ।

प्रतिक्रिया