१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेडिकल कलेज स्थापनादेखि, निःशुल्क पानी र बिजुलीको व्यवस्था गर्ने,यी हुन् गोबिन्द भट्टराईका १० प्रतिबद्धता


0
Shares

काठमाडौं, २८ चैत्र । आगामी बैशाख १० गते हुने तनहुँ १ को उपनिर्वाचनका उम्मेदवार गोबिन्द भट्टराईले आफ्ना १० बुंदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईले मंगलबार चुनावी अपिल सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै भट्टराईले पाँच वर्षभित्र सबै वडाका घर–घरमा खानेपानी र बिजुली पुर्याउने घोषणा गरेका छन् । उनले गरिब र नसक्नेका लागि न्यूनतम बिजुली र पानीको शुल्क नलिने व्यवस्था गराउने पनि उल्लेख गरेका छन् । सबै पालिकाबाट घर–घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने उनको प्रतिवद्धतामा छ ।

तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसुती, क्यान्सर, मृगौला वा बाल सम्बन्धी विशिष्टिकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिवद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशुली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।

व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिवद्धता उनको छ ।

प्रतिवद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ । जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिवद्धतामा छ ।

तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिवद्धतामा छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराईले घोषणा गरेका छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया