१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेरो उम्मेदवारी तनहुँको स्थानीय विकासको लागि मात्र होइन् :स्वर्णिम वाग्ले


0
Shares

काठमाडौं, २७ चैत्र । गोरखामा जन्मिएपनि बाल्यकाल र किशोरावस्थाको अधिकांश समय काठमाडौंमा बिताउनु भएका स्वर्णिम वाग्ले यतिबेला तनहुँ–१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

बुढानिलकण्ठ स्कुलमा अध्ययन गर्नुभएका वाग्लेले अर्थमा विज्ञता हासिल गर्नुभएको छ । दश वर्षे नेपाली कांग्रेसको राजनीतिलाई चटक्कै छाडेर वाग्ले केही दिन अघिमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै तनहुँ–१ मा चुनाव लड्ने घोषणा गर्नुभएको थियो ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसका नेता रामचन्द्र पौडेल सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको संसद पदका लागि आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

निर्वाचनमा केन्द्रीत भएर प्रतिस्पर्धामा उत्रिनुभएका स्वर्णिम वाग्लेसँग नेपाल पेन डटकमले गरेको छोटो कुराकानीको सम्पादीत अंश

निर्वाचन नजिकै आइसक्यो, चुनावी तयारी कस्तो छ ?
चुनावी तयारी एकदम राम्रो छ । सबैकुरा रास्वपाको पेजमै राखिदिएको छु । त्यसमा हेर्नुभयो भने सबैकुरा पाउन सकिन्छ ।

तनहुँ–१ मा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ, यहाँका मुख्य एजेण्डा के के हुन् ?
तनहुँको विकास गर्ने, राजनीति सग्ल्याउने, अर्थतन्त्र उकास्ने

यहाँ त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो उच्च ओहादामा पुगिसक्दा तनहुँ–१ को लागि यहाँले केही गर्नुभएको छैन् भन्ने आरोप लागेको छ, यहाँले गरेका काम के के हुन् ?
मैले देशकै लागि गर्या हो । भुकम्पपछिको त्यत्रो पुनःनिर्माणको बिउ/जग मैले नै, हाम्रो टिमले नै गरेका हौं । ४ खर्ब रुपैयाँको सहयोग जुटाएर, हाम्रो टिम गोविन्दराज पोखरेल, रामशरण महत अन्तर्गतको टिमले गरेको हो । स्वर्णिमले पदमा हुँदा र आवश्यकता पर्दा के गर्न सक्दो रहेछ, दृष्टान्त त्यो हो नि त । ५ लाख घर भत्केको, ९ हजार मान्छे मरेको, नेपालको भीषण क्षति भयो पुनःनिर्माणको खाका क्षेत्रिय आकंलन, अन्तर्राष्ट्रिय सहयोग जुटाएर अहिले जुन सम्पन्न भयो त्यसको पुर्व तयारी हामीले गरेको हो । त्यो नै सबैभन्दा ठुलो छनक हो ।

तनहुँ–१ का जनताले यहाँलाई भोट किन दिने ?
तनहुँको विकास गर्छु, राष्ट्रिय योजना आयोग, मेरो अन्तर्राष्ट्रिय विज्ञता,सन्जालले गर्दा विकास सजिलो छिटो गर्न सकिन्छ । राम्रोसित गर्न सक्छु । तर मेरो लक्ष्य तनहुँले मलाई जिताउने स्थानीय विकास गर्नलाई मात्र होइन, यो मुलुकको राजनीतिलाई सग्ल्याउने, राजनीतिलाई नै परिमार्जन गरेर नयाँ मोडलको सु–संस्कृत राजनीति गर्नको लागि तनहँुले सबल योग्य सांसद पठाउँदैछ । अर्थतन्त्रको अहिले जुन संकट छ, व्यवस्था परिवर्तन गरेउ अबको एजेण्डा अवस्था परिवर्तन हो ।

९ जनाले उम्मेदवारी दिनुभएको छ, यहाँको प्रतिस्पर्धा कोसँग हो ?
त्यो थाहा छैन् ।

जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
एकदम ढुक्क छु ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया