८ माघ २०८१, मंगलबार | January 21, 2025

अडियोलाई चुनावी हतियार बनाइदै छ : रवि लामिछाने


0
Shares

काठमाडौं, २७ चैत्र । चितवन–२ मा हुने उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टचारीलाई नपाल्ने बताएका छन् ।

दुर्गा प्रसाईसँगको ढाकाकुमार श्रेष्ठको अडियोलाई चुनावी हतियार बनाउन खोजिएको उनको आराप छ । रविले सामाजिक सञ्जालमा लेखेका छन्,‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टी होइन ।’

पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफ्नो पार्टीले नसहने उनले दाबी गरेका छन् । ‘कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि म सँग यो धन्दा चल्दैन भन्ने सब लाई थाहा छ । हो, पार्टी नयाँ छ,मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ। अब यसलाई चुनावी हतियार बनाउदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइदै छ । दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु । आज अलि चाँडै सुत्छु ।आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।’

प्रतिक्रिया