१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मरेका मान्छेलाई पनि ठग्ने कर्मचारी


0
Shares

काठमाडौं, २६ चैत्र । के मरेको मान्छेलाई कसैले ठग्न सक्छ ? तर नेपालमा त्यस्तै भएको छ । त्यो पनि सरकारी कर्मचारी समेतको मिलेमतोमा ।

ठगी वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाको नामको बीमा रकम सम्बन्धि छ । विदेशमा मृत्यु भएकाहरुको नामको बीमा रकम ठगी गर्ने गिरोहको रहस्य खोलिएको छ । ती व्यक्तिहरुबारे गहिरो अनुसन्धान गरी प्रहरीले पक्राउ गरेको छ ।

२३ चैत्रमा रामबहादुर तामाङसहित ६ जना व्यक्तिहरुलाई विभिन्न सामाग्रीसहित पक्राउ गरिएकोमा थप दुई व्यक्तिहरु पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरु एकजना सरकारी कर्मचारी र अर्का बीमाका कर्मचारी छन् । उनीहरुमध्ये वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी र सुर्यज्योति जीवन बिमाका जुनियर अधिकृत उमेश बुढाथोकी छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया