३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रहरीले बाटो मिचेर बनाएको संरचना आफैले हटाओस्, नत्र… : बालेन


0
Shares

काठमाडौं, २५ चैत्र । ‘जो रक्षक उही भक्षक’ नेपाली उखान प्रख्यात छ । हो त्यस्तै भएको वास्तविकता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पोखेका छन् ।

साहले नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाएको भन्दै आपक्ति जनाएका छन् । प्रहरीले बनाएको संरचना आफैले हटाउनुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेयर बालेनले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि भएको समेत जानकारी दिएका छन् ।

उनले लेखेका छन्,‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

 

प्रतिक्रिया