२३ भाद्र २०८१, आइतबार | September 8, 2024

वैद्य र बास्तोलाको पार्टीबीच एकता


0
Shares

काठमाडौं, २४ चैत्र । आज क्रान्तिकारी कम्युनिष्ट धारका दुई पार्टीबीच एकता भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टी बीच आज एकता भएको हो ।

संयुक्त रुपमा इच्छुक प्रतिष्ठान घट्टेकुलोमा दुई पार्टीले आज पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा जानकारी गराएका हुन् ।

शुक्रबार बसेको क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको थियो ।

प्रतिक्रिया