१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाको उम्मेदवारी, वरिष्ठ उपाध्यक्षमा ३


0
Shares

काठमाडौँ, २१ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाको उम्मेदवारी परेको छ । कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

चैत २८ र २९ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज ५ बजेसम्म निर्धारण गरिएको थियो । समयसीमाभित्र वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्वीराष्ट्रिय पदमा गरी कूल ६४ जना चाहिन्छ । जसमध्ये ११८ जनाले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिएका छन् । अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । यसबाहेक जिल्लानगर, वस्तुगत र एसोसिएटमा गरी ३ उपाध्यक्ष चाहिनेमा ८ जनाको उम्मेदवारी परेको छ । समान १–१ जना उपाध्यक्ष चाहिने जिल्लानगर र वस्तुगततर्फ ३/३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, १ उपाध्यक्ष चुनिने एसोसिएटतर्फ २ जनाको उम्मेदवारी परेको पौडेलले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया