२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

घट्यो पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्य


0
Shares

काठमाडौं, २१ चैत्र । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ । अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसअघि डिजेल र

मटीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत राखिएको छ ।

 

प्रतिक्रिया