१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जब राजनीतिमा विचलन आउँछ,तब झुटको खेति गरिन्छ : गोविन्दराज जोशी


0
Shares

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका पूर्व गृहमन्त्री गोविन्दराज जोशीले जोशीले कांग्रेसमा विचलन आउन थालेकोले झुटको खेती बढ्दै गएको टिप्पणी गरेका छन् ।

१२ बुँदे सहमति पछि कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटो तर्फ उन्मुख गरेको उनको भनाइ छ ।

जोशीले एक वक्तव्य जारी गर्दै देउवालगायतका झुण्डहरुले कार्यकर्तासँग माफी माग्नुपर्ने बताएका हुन् ।
उनले कांग्रेसको हिजो बसेको बैठकले आफ्नो कारबाही फुकुवा नगरी भ्रम मात्र छरेको दाबी गरेका छन् । उनले २०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेद्वारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएकोउनले थप स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्,‘बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पु–याउने शेर बहादुर देउवा लगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता सँग माफी माग्नु पर्छ। अनि मात्रै सच्चा कांग्रेसहरु प्रति न्याय हुन्छ । नेपाली काँग्रेसले हिजो मञ्चन गरेको नाटकमा न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै। पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने र कुर्सी मोहका लागि गलतलाई गलत हो भन्न नसक्ने,बोल्नु पर्ने ठाउँमा चुँ समेत नगर्ने नेपाली कांग्रेसका युबा नेताहरुको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको छ। साथै यस्तो नेतृत्वले देशको कस्तो खाका कोर्ने हो भन्ने चिन्ता पनि लागेको छ।’

जब राजनीतिमा विचलन आउँछ,तब झुटको खेति गरिन्छ उनले थप अगाडी लेखेका छन्,‘१२ बुँदे सहमति पछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटो तर्फ उन्मुख गरेको कुरा जनतासामु प्रष्ट नै छ। अतः सबै भन्दा ठूलो कुरा देश हो। देश रहे मात्रै पार्टी रहन्छ। पार्टी रहे राजनीती गरुँला। मैले मेरो ब्यक्तिगत फाइदाको लागि निर्वाचनमा होमिनु पर्ने कुनै आवश्यकता छैन। आज देश नाजुक स्थितिमा पुगेको छ। सबै मिलेर देशको रक्षा गर्न पर्ने बेला आएको छ।’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया