३ कार्तिक २०८१, शनिबार | October 19, 2024

वायुसेवा निगमको जहाजको को–पाइलटलाई पखाला चलेपछि उडान रद्द


0
Shares

काठमाडौं, १९ चैत्र । वायुसेवा निगमको दुबई उड्नै लागेको विमानको को–पाइलटलाई पखाला लागेपछि उडान रद्द भएको छ । आएपछि दुवई उड्न लागेको जहाजको उडान रद्द हुँदा ५ सय ४३ यात्रु अलपत्र परेका हुन् ।

शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान भर्न लागेको थियो ।

निगमले अर्को को–पाइलटको व्यवस्था गर्न नसक्दा दुुबईको लागि तय भएको उडान रद्द गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ । उडान नम्बर–आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको स्रोतले जनाएको छ । यात्रुहरुले विमानस्थल व्यवस्थापनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया