३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने


0
Shares

काठमाडौं, १९ चैत्र । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिकवर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहीबाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी
भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया