१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कुन दलबाट को–को हुँदैछन् मन्त्री !


0
Shares

काठमाडौं, १४ चैत्र । आज मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । सोमबार गठबन्धनका तीन शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा गर्न सत्तासाझेदार दलहरुबीच आज बैठक बोलाउने निर्णय गरेको थियो । बैठक साझ ४ बजे बस्ने बस्दैछ ।

कांग्रेसले मन्त्रीहरुको अन्तिम टुंगो लगाउन आज बोलाएको कार्य सम्पादन समितिको बैठक चैत्र १६ गतेका लागि सारेको छ । सोही बैठकले सरकारमा सहभागी हुने नेताहरुबारे अन्तिम निर्णय गर्नेछ ।

नेकपा माओवादी केन्द्रले मन्त्रीहरु हेरफेर गर्ने भएको छ । गृहमन्त्रालय आफैले राख्ने निर्णय गरेको माओवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई गृहको जिम्मेवारी दिने भएको छ । त्यस्तै, सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सहरी विकास मन्त्रालय दिने भएको छ । सञ्चामन्त्रीको जिम्मेवारी भने रेखा शर्मालाई यथावत राखिएको छ ।

एकीकृत समाजवादीले पूर्व महासचिव डा.बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको बुझिएको छ । सो पार्टीबाट नेताहरु प्रकाश ज्वाला र भानुुभक्त जोशी मन्त्री बन्ने पक्का भएको छ ।

त्यस्तै, रास्वपाले पाउने ३ मन्त्रालयमा डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्येबाट मन्त्री हुनेछन् । यद्यपी रास्वपाले पुरानै हैसियतमा मात्र सरकारमा जाने अडान लिइरहेको छ । यसअघि रास्वपाले गृह मन्त्रालय पाएको थियो । तर, गृह यसपटक माओवादी आफैले राख्ने भएको छ ।

लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । आमजनता पार्टी (आजपा) अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ ।

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया