६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

२६ दिनदेखि पठाओ चालक अनिश ढकाल बेपत्ता, दाजु भन्छन,‘अनिष तिमी घर आउ’


83
Shares

भक्तपुर, ११ चैत्र । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिकावडा न १ का २२ वर्षीय अनिष ढकाल २६ दिनदेखि बेपत्ता भएका छन् । गएको फागुन १५ गतेदेखि उनी बेपत्ता भएका हुन् । मण्डनदेउपुर नगरपालिका वडा न १ रानीबन स्थायी घर भएका ढकाल हालः मध्यपुर ठिमी राधेराधे मामाघरमा बस्दै आएका थिए ।

बेपत्ता हुनु केहि समय अगाडीसम्म उनी पठाओ चालकको काम गर्दथे । मामाघरबाट बिहान अन्दाजी ९ बजे आफुले प्रयोग गर्ने बा ६५ प ६५९४ नम्बरको मोटरसाइकल लिएर बेपत्ता भएको उनका दाई अभिषेक ढकाल बताए ।

मामाघबाट निस्केपछी अन्तिम फोन लोकशन ललितपुर देखिएको प्रहरीले परिवारलाई जानकारी गराएको छ । परिवारमाहालसम्म पनि कुनै सम्पर्क नभएकाले दाईले जहाँ भएपनि भाईलाई घर आउन आग्रह गरेका छन् ।

परिवारले खोजिकार्य गर्नको लागि महानगरीय प्रहरी वृत निबेदन दिएको छ ।दाई अभिषेकले माथि उल्लेखित तस्विर भएका युवकलाई कसैले कहिँ कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा फोन न. ९८६०६५२३२०, ९८५१३४४१८८ र ९८५१०५१९८४ मा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया