३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एकसाता भित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले आफैले भत्काउने चेतावनी


0
Shares

काठमाडौं, ११ चैत्र । काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ।

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको हो ।

शनिबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै महानगरपालिकाले यसअघि पनि पटक–पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गराएको छ ।

महानगरले दिएको समयभित्र नदी किनारका अनधिकृत संरचना नहटाए ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया