३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सरकारको नजरमा नपरेको रणेश्वर शिवालय जिर्णोद्धारको लागि महायज्ञ सुरु


83
Shares

काठमाडौं, ९ चैत्र । भोजपुरको टक्सार बजारमा अवस्थित श्री रणेश्वर शिवालय १०० वर्ष पुरा भएको अवसरमा श्रीमदभागवत सप्ताह महापुराणको आयोजना गरिएको छ ।

बिहीबारदेखि सुरु भएको सप्ताहमा पुराण प्रख्यात पण्डितहरु सागर भट्टराई र सुदिप सुवेदीले महायज्ञमा प्रवचन सुरु गरिएको हो ।

भोजपुर नपा–१२ मा रहेको ऐतिहासिक, पौराणिक र सास्कृतिक साथै विभिन्न पुरातात्विक र कलाकृतिले भरिएको मठ–मन्दिर रहेको पुरानो शहर टक्सारमा अवस्थित उक्त शिवालयको सत्तल पार्टी धर्मशाला पुनः निर्माण तथा जिर्णोद्धार गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको महादेव गुठी व्यवस्थापन समितिका अध्यक्ष शिव कार्कीले बताउनु भयो ।

प्रदेश १ भोजपुर जिल्लाको ऐतिहासिक बजार टक्सारको शिरमा स्वच्छ जलधारा, वरिपरि पुरातात्वीक कलाकृतिले भरिएको ऐतिहासिक मठ मन्दिरहरू यस क्षेत्रको साथै समग्र भोजपुर जिल्ला एवं प्रदेशकै पर्यटकिय धार्मिक आभूषणको रूपमा रहेको छ ।

तात्कालीन पूर्व ४ नं. भोजपुर खिकामाछा थुम हाल भोजपुर नगरपालिका वडा नं. १२ टक्सार बितलवमा वि.सं. १९१९ मा जन्मनु भएका धर्ममूर्ति, समाजसेवी र नैतिक मूल्य मान्यताका प्रतिक रणध्वज कार्कीले टक्सारका ख्यातिप्राप्त व्यक्तिहरूको सहयोग लिएर बि.सं. १९७७ सालमा एक भब्य प्यगोडा शैलीको बैद्धिक सनातन धर्मका आराध्य देव पशुपतिनाथको शिब पान्चायन मन्दिर र दुइतले धर्मशाला पाटी एवं पर्खालको धेरावारासहित निर्माण गर्नुभएका थियो ।

नित्य पूजा र बिभिन्न पर्वहरूमा धार्मिक अनुष्ठानको आयोजना गर्न अक्षयकोषको रूपमा नगद र जग्गा जमिनसहित गुठीको व्यवस्था गरि ताम्रपत्र लेखि लेखाई शिवार्पण गर्नुभएको थियो ।

चिरकाल सम्म यस धरोहरको संरक्षण तथा संचालन गर्न तात्कालीन गुठीयार परिवार एवं समाजसेवी बुद्धिजिवीहरू क्रमश : रविध्वज कार्की, दान ब. कार्की, देव वहादुर हल्वाई, सिद्धिराज ताम्राकार, बुद्धिमान ताम्राकार, हर्कधन शाक्य र बद्रीनाथ श्रेष्ठ गरि सात परिवार र तिनका सन्तान दर सन्तानलाई जिम्मा दिनुभएको थियो ।

यस्तो एैतिहासिक मठमन्दिर समस्त टक्सार बासि, भोजपुर जिल्ला प्रदेश र सम्पूर्ण नेपालीकै साझा सम्पति हो । कालक्रम ब्यत्तित हुँदै जाँदा मूल मन्दिर लगायत ऐतिहासिक भाषा पाठशाला समेत सञ्चालन भएको २ तले धर्मशाला पाटी विविध कारणले भत्कन गएको त्यसपछि बनेको पाटी पनि भुकम्पले क्षतिग्रस्त बनाएकोले पुनः निर्माण गर्न गुठी कोषबाट संभव नभएको हुँदा उक्त पाटीलाई पुरानै स्वरूपमा निर्माण गरि धर्मशाला स्थापना गर्न महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

आर्थिक संकलनका साथै हाल कार्यरत श्री रणेश्वर महादेव गुठी व्यवस्थापन समितिले श्रीमदभागवत तथा सञ्चालन सप्ताह पुराण आयोजना गर्ने निर्णय गरेको थियो । यस अतिरिक्त समाजमा विद्यमान धार्मिक र पारिवारिक कलह अन्त्य एवम धार्मिक सहिष्णुता कायम गरि “बशुधैव कुटुम्बकम”भन्ने मूलमन्त्र स्थापित गर्नु साथै भावि पुस्तामा नैतिक मूल्य मान्यतामा आधारित अध्यात्मीक चेतना जागरण गर्नु र पूर्वज पितृहरूको सम्मान गर्नु जस्ता उद्देश्य यस अनुष्ठानको रहेको छ ।

भोलि १० गते देखि प्रत्येक दिन विहान ०८ः०० बजे पाठपरायन, १०ः०० बजे कथा वाचन सुरू, १२ः०० देखि १ः०० सम्म मध्यान्ह १ः०० बजे पाठपरायन सुरू, २ः०० बजे बाट ४ः०० बजे सम्म कथा वाचन, बेलुका ७ः०० बजे देखि ९ः३० सम्म भजन किर्तन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, १५ गते बेलुकी लाख बत्ति प्रज्वलन, १६ गते पुर्ण आहुती र तिलक प्रसाद ग्रहणको कार्यक्रम राखिएको छ ।

 

 

प्रतिक्रिया