३ आश्विन २०८१, बिहिबार | September 19, 2024

यी हुन् ६२ करोडभन्दा बढीको सट्टेवाजी गराउने गिरोहका सदस्य


0
Shares

काठमाडौं, ८ चैत्र । प्रहरीले ६२ करोडभन्दा बढी रकमको सट्टेवाजी गराइसकेको गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ । वान एक्स बेटमार्फत् सट्टेवाजी गराउने समूहका ६ जनालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयले आज बुधवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दिलिप सिंह, भुपालराज न्यौपाने, नयनराज भण्डारी, वरुणकुमार सिंह, वासुदेव पाण्डे र शिवानी तामाङ छन् ।

३५ जनाको नाममा खोलेको डिजिटल वालेटमार्फत ४१ करोड १४ लाख ८१ हजार रुपैयाँको र १५ जनाको नाममा रहेको ३४ वटा बैंकमार्फत् १२ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरको रकम बेटिङ गरिसकेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

महानगरीय अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र सिंह राठौरले पक्राउ परेका ६ जनाले अहिलेसम्म ६२ करोडभन्दा बढीको सट्टेवाजी गराइसकेका छन् ।

वान एक्स बेट मार्फत सट्टेवाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टका रुपमा सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले सोमवार पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया