११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न सकिने


0
Shares

काठमाडौं, ८ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भाग लिन आज देखि राजनीतिक दलहरुले दर्ता गर्न सक्नेछन् ।

निर्वाचन आयोगले विभिन्न रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन गर्न लागेको हो । उपनिर्वाचनका लागि आजदेखि चैत्र १२ गते कार्यालय समयभित्र सम्म दल दर्ता गर्ने समय तोकेर आयोगले दल दर्ता प्रक्रिया सुरु गर्दैछ ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन् । उनको रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी, बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया